Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

आज पनि घट्यो सुनचाँदीको मूल्य

आज पनि घट्यो सुनचाँदीको मूल्य

बुधवार , आषाढ १७, २०८३

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । 

आज सुन तोलामा ६ सय रुपैयाँले घटेर तोलामा २ लाख ७७ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

मंगलबार २ लाख ७७ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घटेर चार हजार २७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

मंगलबार चाँदी तोलामा चार हजार २८५ रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077