काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ४ हजार ७ सय रुपैयाँले बढेको हो ।
जुअनुसार सुनको मूल्य आज प्रतितोला ४ हजार ७ सय रुपैयाँले बढेर २ लाख ८३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि अघिल्लो साता शुक्रबार २ लाख ७९ हजार १ सयमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १४५ रुपैयाँले बढेको हो ।
चाँदी आज प्रतितोला १४५ रुपैयाँले बढेर ४ हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि शुक्रबार ४ हजार १८० रुपैयाँमा कारोबार भएको थियो ।