Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

संसद्‌मा एमालेले माग्यो विष्णु पौडेलको रिहाई, भन्यो- प्रतिशोधी गिरफ्तारी

संसद्‌मा एमालेले माग्यो विष्णु पौडेलको रिहाई, भन्यो- प्रतिशोधी गिरफ्तारी

'काँक्रो आफू खाने र बिँया अर्कोतिर लगाइदिने व्यवहार निन्दनीय छ'

आइतवार , आषाढ १४, २०८३

काठमाडौं । नेकपा एमालेका सांसद पुष्प कँडेलले पार्टी उपाध्यक्ष विष्णु पौडेलको रिहाई माग गरेका छन् । 

आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद कँडेलले यस्तो माग गरेका हुन् ।

'काँक्रो आफू खाने र बिँया अर्कोतिर लगाइदिने व्यवहार निन्दनीय छ । एकजना उहाँ प्रतिस्पर्धी र वर्तमान प्रधानमन्त्रीलाई गत निर्वाचनमा गाडी उपलब्ध गराउने व्यक्तिका पोलको आधारमा समातिएको भन्ने समाचारहरू आएका छन् । उहाँको गिरफ्तारी गत चैतमा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको प्रतिशोधी गिरफ्तारीको अर्को रूप हो,' उनले भने ।

पौडेलको गिरफ्तारी सम्पूर्ण विपक्षीलाई तर्साउन र एमालेलाई बद्‌नाम गर्ने उदेश्यले गरिएको कँडेलको भनाइ छ ।

विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानका क्रममा असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077