Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

बालेन सरकार अधिनायकवादतर्फ उन्मुख भएको एमालेको निष्कर्ष, संसदमा सशक्त प्रतिवाद गर्ने

बालेन सरकार अधिनायकवादतर्फ उन्मुख भएको एमालेको निष्कर्ष, संसदमा सशक्त प्रतिवाद गर्ने

मंगलवार , आषाढ ९, २०८३

काठमाडौं । नेकपा (एमाले) ले सरकारको कार्यशैली तानाशाही, स्वेच्छाचारी र अधिनायकवादी प्रवृत्तितर्फ उन्मुख भएको निष्कर्ष निकाल्दै त्यसविरुद्ध संसदमा सशक्त रूपमा प्रस्तुत हुने निर्णय गरेको छ।

मंगलबार पार्टी मुख्यालय च्यासलमा बसेको एमाले संसदीय दलको बैठकले सरकारका नीति, व्यवहार र कार्यशैली संविधान, लोकतन्त्र, विधिको शासन तथा कानुनी राज्यको मर्मविपरीत रहेको ठहर गर्दै त्यसविरुद्ध प्रभावकारी ढंगले आवाज उठाउने निर्णय गरेको हो।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले संसदीय दलका प्रमुख सचेतक ऐनबहादुर महरले सरकारले संविधान र लोकतान्त्रिक मूल्य–मान्यतालाई कमजोर बनाउने गरी काम गरिरहेको आरोप लगाए।

"सरकार तानाशाही र स्वेच्छाचारी बाटोमा हिँडिरहेको छ। सरकार अधिनायकवादी प्रवृत्तितर्फ उन्मुख भएको छ। यसले विधिको शासन र कानुनी राज्यको बर्खिलाप गरेको छ," महरले भने।

उनका अनुसार सरकारले संविधान, लोकतन्त्र, राष्ट्रिय हित तथा ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षाविपरीत नीति र व्यवहार अपनाएको एमालेको निष्कर्ष छ।

"सरकारको वर्तमान नीति, व्यवहार र कार्यशैलीका विरुद्ध संसदमा पार्टी दृढतापूर्वक प्रस्तुत हुनेछ," उनले भने।

बैठकले झापा र इलामका चिया उद्योग संकटबारे पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउने निर्णय गरेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077