Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

रास्वपाको बन्दसत्र स्थगित, निर्वाचन तालिका प्रभावित

रास्वपाको बन्दसत्र स्थगित, निर्वाचन तालिका प्रभावित

सोमवार , आषाढ ८, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत सोमबारदेखि सुरु हुने तय भएको बन्दसत्र प्रतिनिधि विवादका कारण स्थगित भएको छ।

सोमबार बिहानै बन्दसत्र सुरु गर्ने कार्यतालिका रहे पनि महाधिवेशन प्रतिनिधिसम्बन्धी विवाद अन्तिम टुंगोमा पुग्न नसकेपछि आजका लागि बन्दसत्र स्थगित गरिएको हो।

केन्द्रीय निर्वाचन आयोगका अनुसार बन्दसत्र अब मंगलबार बिहानबाट सुरु हुनेछ। बन्दसत्र स्थगित भएसँगै निर्वाचन कार्यतालिका पनि प्रभावित भएको छ भने महाधिवेशन एक दिन लम्बिने सम्भावना बढेको छ।

महाधिवेशनबाट रास्वपाले नयाँ नेतृत्व चयन गर्नेछ। बन्दसत्रमा नेतृत्व चयनसँगै पार्टीको भावी राजनीतिक दिशा, संगठनात्मक संरचना र विभिन्न प्रस्तावमाथि छलफल तथा निर्णय हुने कार्यक्रम छ।

यसअघि आइतबार आयोजित उद्घाटन सत्रमा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त रूपमा महाधिवेशनको उद्घाटन गरेका थिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077