Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

रास्वपा महाधिवेशनमा किन सहभागी भएनन् सांसद अमरेश सिंह ?

रास्वपा महाधिवेशनमा किन सहभागी भएनन् सांसद अमरेश सिंह ?

सोमवार , आषाढ ८, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन चितवनको भरतपुरमा जारी रहँदा सांसद अमरेशकुमार सिंह भने उद्घाटन समारोहमा अनुपस्थित देखिएका छन् ।

संसदमा प्रतिनिधित्व गर्ने प्रमुख दलका शीर्ष नेताहरू सहभागी भएको समारोहमा उनको अनुपस्थितिलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ ।

पार्टीभित्र पछिल्लो समय देखिँदै आएको असन्तुष्टि र मतभेदकै कारण सिंह महाधिवेशनमा सहभागी नभएको अनुमान गरिएको छ।

हालै प्रतिनिधिसभामा बजेट तथा सरकारको कार्यशैलीप्रति उनले खुलेर असन्तुष्टि जनाएका थिए। विशेषगरी अर्थमन्त्री डा. स्वर्णिम वाग्ले लगायत जिम्मेवार मन्त्रीहरू छलफलमा अनुपस्थित रहेको भन्दै उनले संसदमै आलोचना गरेका थिए।

सरकारको ‘क्रमभंगता’को नारा व्यवहारमा लागू नभएको र आफ्ना एजेन्डालाई पार्टीभित्र पर्याप्त स्थान नदिइएको भन्दै सिंह असन्तुष्ट बनेको बताइन्छ। यसअघि बालेन्द्र शाहप्रति खुलेर समर्थन जनाउने उनले पछिल्ला दिनमा भने बालेनको कार्यशैलीप्रति आलोचनात्मक धारणा राख्दै आएका छन्।

यसैबीच, मधेस प्रदेशका जलेश्वर र सर्लाही क्षेत्रमा रास्वपाका स्थानीय कार्यकर्ता र सिंह समर्थकबीच मतभेद बढ्दै गएको पनि देखिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077