Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

रास्वपा महाधिवेशन स्थलमा भीषण वर्षा, छाता ओढेर पुगे रवि र बालेन

रास्वपा महाधिवेशन स्थलमा भीषण वर्षा, छाता ओढेर पुगे रवि र बालेन

आइतवार , आषाढ ७, २०८३

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन चितवनको भरतपुरमा भीषण वर्षाकै बीच सुरु भएको छ ।

उद्घाटन सत्र सुरु हुनै लाग्दा मुसलधारे वर्षा भए पनि महाधिवेशनको उत्साह भने रोकिएन। वर्षाकै बीच पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा रास्वपाका वरिष्ठ नेता बालेन शाह महाधिवेशन स्थलमा एकसाथ पुगेका थिए।

दुई शीर्ष नेताको आगमनसँगै उपस्थित हजारौँ कार्यकर्ता तथा महाधिवेशन प्रतिनिधिहरूले वर्षाको पर्वाह नगरी ताली र नारासहित भव्य स्वागत गरेका थिए।

पानी परिरहे पनि कार्यक्रमस्थलमा सहभागीहरूको उत्साह कायमै देखिएको थियो। उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेता, विशिष्ट अतिथि तथा देशभरबाट आएका प्रतिनिधिहरूको सहभागिता रहेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077