Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

भारतसँगको सीमा समस्याबारे ब्रिटेनको मध्यस्थता खोजेका होइनौँ, कालापानी-लिपुलेकको प्रमाण छ : प्रधानमन्त्री बालेन

भारतसँगको सीमा समस्याबारे ब्रिटेनको मध्यस्थता खोजेका होइनौँ, कालापानी-लिपुलेकको प्रमाण छ : प्रधानमन्त्री बालेन

आइतवार , आषाढ ७, २०८३

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भारतसँगको सीमा समस्याबारे ब्रिटेनको मध्यस्थता नखोजिएको स्पष्ट पारेका छन् ।

आइतबार रास्वपाको महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै शाहले उक्त कुरा स्पष्ट पारेका हुन् । उनले कालापानी लिपुलेकको प्रमाण मात्रै ब्रिटिससँग लिन खोजेको बताए ।

'हामीले सीमाको विषयमा बोल्दा आपत्ति जनाइयो । मलाई अचम्म लाग्यो । तपाईंहरूसँग प्रमाण छ भने ल्याउनुस, हामीसित त प्रमाण छ । कालापानी लिपुलेकको प्रमाण छ । ब्रिटिसले राज गर्दा कालापानी लिपुलेकको त्यो प्रमाण ल्याउँछौँ भनेका हौँ,'शाहले भने, 'ब्रिटिसलाई मध्यस्थकर्ता बनाउन खोजेका होइनौँ । हामी हाम्रो छिमेकीसित आफैँ कुरा गरेर मिलाउँछौँ ।'

उनले मन्तव्यका क्रममा कालापानी र लिपुलेकको विषयमा आफूहरूसँग प्रमाण रहेको पनि बताए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077