Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

असिम शाहले छलफलमा नबोलाएपछि मिराज 'फायर', भन्छन् - डाइरेक्टर साबको कार्यदलमा म नगएकै उत्तम

असिम शाहले छलफलमा नबोलाएपछि मिराज 'फायर', भन्छन् - डाइरेक्टर साबको कार्यदलमा म नगएकै उत्तम

बिहिवार , बैशाख ३१, २०८३

काठमाडौं । जेनजी अभियन्ता मिराज ढुंगानाले प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम शाहमाथि कटाक्ष गर्दै संवैधानिक सुधार कार्यदलमा आफूलाई निमन्त्रणा नगरिएकोप्रति व्यंग्य गरेका छन् ।

उनले ‘डाइरेक्टर साब’ भनेर सम्बोधन गर्दै सरकारको ‘योग्यता र विज्ञता’को परिभाषामाथि गम्भीर प्रश्न उठाएका हुन् ।

ढुंगानाले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै प्रधानन्यायाधीश छनोटमा ‘विज्ञता र क्षमता’लाई केवल 'धेरै मुद्दा सुनेको' मापदण्डमा सीमित गरिएको आरोप लगाए। उनले न्यायिक सुधार र कानुनी पद्धतिमा योगदान दिएका व्यक्तिहरूलाई बेवास्ता गरिएको टिप्पणी गरे।

उनले संविधान संशोधन समितिको नेतृत्व चयनप्रति पनि असन्तुष्टि जनाउँदै 'एक–से–एक संवैधानिक विज्ञ हुँदाहुँदै डाइरेक्टर साब नै सबैभन्दा योग्य पात्र बन्नु भएको रहेछ' भन्दै व्यंग्य गरे । सरकारको योग्यता निर्धारणको शैलीलाई उनले “फिल्मी र हट्के' संज्ञा दिएका छन्।

ढुंगानाले आफू 'मुटुको शल्यक्रिया कार्डियोलोजिस्टले नै गर्नुपर्छ, प्लम्बरले होइन' भन्ने मान्यता राख्ने व्यक्ति भएको उल्लेख गर्दै संवैधानिक विषयमा विज्ञभन्दा बाहिरका व्यक्तिको नेतृत्वले दुर्घटना निम्त्याउन सक्ने चेतावनी दिए।

उनले संवैधानिक निकास र निर्वाचनको विषयमा आफू निरन्तर बोल्दै आएको दाबी गर्दै, कार्यदलको छलफलमा सहभागी नहुनु नै उचित ठानेको बताए । 'डाइरेक्टर साबले मसालेदार संविधान बनाउनुपर्छ भन्नुभयो भने म सुन्न सक्दिन होला,' उनले लेखेका छन्।

साथै, उनले ‘खरानी ग्यांग’प्रति संकेत गर्दै भविष्यमा त्यस्ता समूह पुनः नउठ्ने र हाल सक्रिय रहेको आरोपित समूहलाई समेत कानुनी दायरामा ल्याउने संविधान बनाउन आग्रह गरेका छन् ।

अन्त्यमा उनले जेनजी पुस्तालाई संवैधानिक दुर्घटना रोक्न सक्रिय हुन आह्वान गर्दै 'यो देशलाई सही दिशामा लैजान सक्ने शक्ति तपाईंहरूमा छ' भन्ने सन्देश दिएका छन् ।

जेनजी अगुवा रक्षा बमसहित २० जनालाई शाह नेतृत्वको संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले छलफलका लागि आमन्त्रण गरेको छ । तर मिराज ढुंगानालाई भने बोलाइएको छैन ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077