Jul 13 2026 | २०८३, आषाढ २९ गते

13 Jul 2026 | सोमवार, आषाढ २९ गते २०८३

सोमवार, आषाढ २९ गते २०८३
images
images

रवि लामिछाने र बालेन शाहबीच ४ घण्टा छलफल

रवि लामिछाने र बालेन शाहबीच ४ घण्टा छलफल

आइतवार , आषाढ २८, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच आइतबार चार घण्टाभन्दा लामो राजनीतिक भेटवार्ता भएको छ।

प्रधानमन्त्री शाह सभापति लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित उनको निजी निवास पुगेका थिए। बिहान करिब ११:१५ बजे सुरु भएको भेटवार्ता दिउँसो ३:१५ बजे सम्पन्न भएको स्रोतले जनाएको छ।

स्रोतका अनुसार भेटमा समसामयिक राजनीतिक घटनाक्रम, सरकारका प्राथमिकता र पार्टी संगठनसँग सम्बन्धित विषयमा विस्तृत छलफल भएको थियो।

विशेषगरी सुकुमवासी समस्या समाधान, सरकारका आगामी कदम तथा रास्वपाको हालै सम्पन्न पहिलो महाधिवेशनपछि बाँकी रहेका ११ पदाधिकारी५१ केन्द्रीय सदस्य मनोनयनबारे दुई नेताबीच विचार–विमर्श भएको बताइएको छ।

साथै, प्रधानमन्त्री शाहलाई रास्वपाको वरिष्ठ नेताका रूपमा मनोनित गर्ने विषयमा यसअघि नै सहमति भइसकेको र त्यसलाई औपचारिक रूप दिने प्रक्रियाबारे पनि छलफल भएको स्रोतको दाबी छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077