Jul 13 2026 | २०८३, आषाढ २९ गते

13 Jul 2026 | सोमवार, आषाढ २९ गते २०८३

सोमवार, आषाढ २९ गते २०८३
images
images

गणेश नेपालीकी श्रीमतीलाई गृहमन्त्रीले गरे नागरिकता हस्तान्तरण

गणेश नेपालीकी श्रीमतीलाई गृहमन्त्रीले गरे नागरिकता हस्तान्तरण

आइतवार , आषाढ २८, २०८३

काठमाडौं । आत्मदाह प्रयासपछि उपचारका क्रममा निधन भएका मुगुका गणेश नेपालीकी श्रीमतीलाई गृहमन्त्री सुधन गुरुङले नेपाली नागरिकताको प्रमाणपत्र हस्तान्तरण गरेका छन् ।

आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आयोजित कार्यक्रममा गृहमन्त्री गुरुङले मृतककी श्रीमतीलाई नागरिकता प्रदान गर्दै सरकारले पीडित परिवारसँग भएको सहमति कार्यान्वयनको प्रक्रिया अघि बढाएको संकेत दिएका हुन्।

यसअघि आइतबार नै सरकार, काठमाडौं महानगरपालिका र गणेश नेपालीको परिवारबीच ९ बुँदे सहमति भएको थियो।

सहमतिअनुसार घटनाको निष्पक्ष छानबिनका लागि पूर्वन्यायाधीशको संयोजकत्वमा स्वतन्त्र छानबिन समिति गठन गरिने, प्रतिवेदनका आधारमा सहिद घोषणा प्रक्रिया अघि बढाइने, मृतककी श्रीमतीलाई योग्यता अनुसार रोजगारी उपलब्ध गराइने तथा छोरीको उच्च शिक्षासम्मको सम्पूर्ण खर्च काठमाडौं महानगरपालिकाले व्यहोर्ने व्यवस्था गरिएको छ।

यस्तै, परिवारलाई राहत रकम उपलब्ध गराउने, काठमाडौंमा हुने काजक्रिया तथा अन्त्येष्टिको सम्पूर्ण खर्च महानगरपालिकाले बेहोर्ने र आश्रित परिवारको स्वास्थ्य बिमाको व्यवस्था मिलाउने सहमति पनि भएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077