काठमाडौं । भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मन्नु महावर नेपाल भ्रमणमा आउँदै छन् ।
दुई देशबीचको ऊर्जा संयन्त्रको बैठकमा भाग लिन महावर नेपाल आउन लागेका हुन्।
महावर भारतीय विदेश मन्त्रालयमा नेपाल, भुटान हेर्ने नर्थ डिभिजन प्रमुख हुन् । महावर भोलि १३ जुलाईमा नेपालमा आउने कार्यक्रम छ।
नेपाल भ्रमणका क्रममा उनले परराष्ट्र मन्त्री शिशिर खनालसँग भेटवार्ता गर्नेछन्। संयन्त्रको बैठक जुलाई १४ र १५ तारिखमा बस्नेछ ।