Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

प्रदेश सभा प्रतिपक्षविहीन हुनुहुँदैन, काँग्रेस प्रतिपक्षमा बस्न तयार छ : विश्वप्रकाश शर्मा

प्रदेश सभा प्रतिपक्षविहीन हुनुहुँदैन, काँग्रेस प्रतिपक्षमा बस्न तयार छ : विश्वप्रकाश शर्मा

सोमवार , श्रावण ४, २०८३

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रदेश सभाहरू प्रतिपक्षविहीन बन्न नहुने भन्दै आवश्यक परे कांग्रेस प्रतिपक्षमा बस्न तयार रहेको बताएका छन्।

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै शर्माले प्रदेश सरकार गठन र सञ्चालनका क्रममा लोकतान्त्रिक मूल्य–मान्यता र संविधानको मर्मलाई आत्मसात् गर्नुपर्नेमा जोड दिए।

उनले पछिल्लो समय प्रदेश सरकारहरूमा सत्ता साझेदार दलहरूबीच केही असमझदारी देखिए पनि त्यसको समाधानका लागि आन्तरिक संवाद र राजनीतिक अभ्यास जारी रहेको जानकारी दिए।

पार्टीभित्रको अवस्थाबारे स्पष्ट पार्दै शर्माले १५औँ महाधिवेशनमा सबै पक्षको सहभागिता सुनिश्चित गर्ने उद्देश्यका साथ सभापति गगनकुमार थापा, पार्टी नेतृत्व र अन्य पक्षबीच निरन्तर छलफल भइरहेको बताए।

शर्माले कुनै पनि प्रदेश सभा प्रतिपक्षविहीन हुनु लोकतान्त्रिक अभ्यासविपरीत हुने भन्दै संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेका दलहरूले यसको मूल मर्मको संरक्षण गर्नुपर्ने बताए। प्रदेश सरकार गठन र फेरबदलको प्रक्रियामा प्रतिपक्षको भूमिका अपरिहार्य रहेको उनको भनाइ छ।

उनले लोकतान्त्रिक प्रणालीलाई सुदृढ बनाउन आवश्यक परे नेपाली कांग्रेस प्रतिपक्षमा बस्न तयार रहेको स्पष्ट पार्दै सबै प्रमुख दल एउटै सरकारमा सहभागी हुने अभ्यास उचित नहुने धारणा राखे।

प्रदेशमा देखिएका राजनीतिक जटिलताहरू संवाद र सहमतिबाट समाधान गरिने उल्लेख गर्दै शर्माले कांग्रेसले मात्र चाहेर निर्णय नहुने र अन्य राजनीतिक दलहरूको आत्मसम्मान तथा सहअस्तित्वलाई सम्मान गर्दै साझा सहमतिका आधारमा प्रदेश सरकारबारे अन्तिम निष्कर्ष निकालिने बताए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077