Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विश्वप्रकाश शर्माले भने- देश जिम्मा लगाउने कुरा स्वाद फेरेजस्तो होइन, यो मतदाताले हेर्नुपर्छ

विश्वप्रकाश शर्माले भने- देश जिम्मा लगाउने कुरा स्वाद फेरेजस्तो होइन, यो मतदाताले हेर्नुपर्छ

बुधवार , फाल्गुण १३, २०८२

काठमाडौं । नेपाली कांगेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुक जिम्मा लगाउने जस्तो कुरा आवेगको आधारमा निर्णय नगर्न मतदातालाई आग्रह गरेका छन् । 

बुधबार मोरङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् । 

उनले कतिपय राजनीतिक दलहरुले चुनावलाई युद्धसँग तुलना गर्ने गरेको उल्लेख गर्दै त्यस्तो मानसिकताले मुलुकको भलो हुन नसक्ने टिप्पणी गरे ।

'चुनाव भनेको युद्धको मैदान होइन । कतिपयहरूले हामी युद्धमा छौँ भन्नुहुन्छ । यहाँ आवेगको कुरा छ, झोकको कुरा छ, रिसको कुरा छ, देखाउँला भन्ने कुरा छ । विगतमा फलाना फलानालाई हेरियो यो पालि अर्कोलाई भन्ने कुरा छ । के चुनाव हेर्ने कुरा हो ? चारदिन देखि लौकाको तरकारी खाइयो कति खानु भनेर घिरौलाको तरकारी खानु हो ? देश जिम्मा लगाउने कुरा भनेको स्वाद फेरेजस्तो कुरा होइन, यो मतदाताले हेर्नुपर्छ ,'  उनले भने।

उनले चुनावी प्रतिस्पर्धालाई मर्यादित बनाउन विपक्षी दलमाथि गालीगलौज नगरी शान्त र सभ्य ढंगले अघि बढ्न सबै दलहरूलाई आग्रह गरे ।

 ‘चुनावमा जाँदै गर्दा विपक्षीलाई गाली नगरिकन जानुपर्छ,' उनले भने। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077