Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

युवाहरूका आशालाई विश्वासमा बदल्न सकिएन भने १० वर्षपछि भयावह स्थिति आउँछ: विश्वप्रकाश शर्मा

युवाहरूका आशालाई विश्वासमा बदल्न सकिएन भने १० वर्षपछि भयावह स्थिति आउँछ: विश्वप्रकाश शर्मा

'फेरि नयाँ विमति र विद्रोह लिएर सडकमा उभिने वातावरण बन्न दिनु हुँदैन'

आइतवार , जेठ ३, २०८३

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देश सबैको साझा आँगन भएकाले सरकार र प्रतिपक्ष दुवैले जिम्मेवार भएर अगाडि बढ्नुपर्ने बताएका छन् ।

आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै शर्माले मुलुकको समृद्धि र नयाँ पुस्ताको भविष्य सुनिश्चित गर्न संविधान संशोधनको प्रक्रियालाई गम्भीरतापूर्वक अगाडि बढाउनुपर्ने बताएका हुन्।

संविधान संशोधनको विषयलाई दलगत स्वार्थभन्दा माथि राखेर राष्ट्रिय सहमतिका आधारमा अगाडि बढाउनुपर्ने उनको तर्क छ । आवेग र आग्रहबाट मुक्त भएर नागरिक तथा युवा पुस्ताको भावनालाई केन्द्रमा राखी संविधान परिमार्जन गर्नुपर्नेमा उनले जोड दिए ।  

साथै उपसभापति शर्माले वर्तमान समयमा उब्जिएका प्रश्न र अपेक्षाहरूलाई सही ढङ्गले निरूपण गर्न नसकिए आगामी दशकमा मुलुकले गम्भीर संकटको सामना गर्नुपर्ने चेतावनी दिए ।

उनले भने- 'अहिलेका युवाहरूको आशालाई विश्वासमा बदल्न सकिएन भने १० वर्षपछिको स्थिति भयावह हुनसक्छ । अहिलेको ‘अल्फा जेनेरेसन’ वयस्क हुँदा फेरि नयाँ विमति र विद्रोह लिएर सडकमा उभिने वातावरण बन्न दिनु हुँदैन । हामी फेरि आमाहरूको काख रित्तिएको र सिंहदरबार जलेको दृश्य हेर्न चाहँदैनौँ ।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077