Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

सरकार भोक र निराशा अन्त्य गर्न गम्भीर बनोस्, हाम्रो साथ छ: विश्वप्रकाश शर्मा

सरकार भोक र निराशा अन्त्य गर्न गम्भीर बनोस्, हाम्रो साथ छ: विश्वप्रकाश शर्मा

सोमवार , आषाढ २९, २०८३

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारले मानवीय समस्यालाई गम्भीर रूपमा लिएर तत्काल समाधान गर्नुपर्ने बताएका छन् ।

सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत एक भिडियो सन्देश जारी गर्दै उनले देशमा भइरहेका पीडादायी घटनाले सबैलाई गम्भीर बन्न बाध्य बनाएको बताएका हुन् ।

सरकारले समस्या समाधानमा अग्रसर भए कांग्रेसले साथ दिने पनि उनले स्पष्ट पारे ।

उनले भने- 'हामी सरकारको साथमा उभिन चाहन्छौँ । सरकार अघि बढोस्, समस्याको गम्भीरता बुझोस् र पीडितको दुःख सम्बोधन गरोस् । त्यसो भए देश र हामी सबै सरकारको साथमा हुनेछौँ । यो पक्ष–विपक्षको होइन, समाजमा आशा जगाउने विषय हो।'

शर्माले कीर्तिपुरको होल्डिङ सेन्टरमा रहेका विस्थापितहरू भोकै बस्नुपर्ने अवस्था अन्त्य गर्न सरकारसँग आग्रह गरे ।

उनले बालबालिका एक छाक खाना नपाएर भोकै बस्नुपरेको र वृद्धवृद्धा बिरामी भएर पीडित भएको भन्दै उनीहरूको तत्काल व्यवस्थापन गर्नुपर्ने बताए ।

साथै उनले काठमाडौं आएका गणेश नेपालीको आत्मदाहको घटनाप्रति दुःख व्यक्त गर्दै यस्ता घटनाले नेतृत्वप्रतिको जनविश्वास कमजोर हुँदै गएको संकेत गरेको बताएका छन् ।

उनले थप भने- 'हिजो प्रेम आचार्यले आत्मदाह गर्नुभयो, आज फेरि गणेश नेपालीले आत्मदाह गर्नुभयो। नेतृत्वप्रतिको विश्वास किन घट्दै गएको छ भन्ने विषयमा सबैले गम्भीर भएर सोच्नुपर्छ ।'

शर्माले यी घटनालाई राजनीतिक मुद्दा नभई मानवीय संवेदनासँग जोडिएको विषयका रूपमा हेर्नुपर्ने बताए । समाजमा आशा र विश्वास कायम राख्न सरकार, राजनीतिक दल र सबै पक्ष मिलेर काम गर्नुपर्ने उनको भनाइ छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077