Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

चुनावी मैदानमा गाली होईन प्रेम सम्प्रेषण गरौं, जे पनि आश्वासन नदिऔं : शर्मा

चुनावी मैदानमा गाली होईन प्रेम सम्प्रेषण गरौं, जे पनि आश्वासन नदिऔं : शर्मा

सोमवार , फाल्गुण ४, २०८२

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले चुनाव जित्ने नाममा जे पनि आश्वासन नदिन आग्रह गरेका छन्। 

सोमबार लमजुङमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति शर्माले भने–‘चुनावी मैदानमा गाली होईन प्रेम सम्प्रेषण गरौं। स्वस्थ आलोचना स्वभाविक हुन्छ, तर आपसलाई गाली गरेर राजनीतिलाई स्वस्थ बनाउन सकिन्न । चुनाव जित्ने नाममा जे पनि आश्वासन दिएर, समाजमा भोलि निराशा जगाउने कार्य हाम्रा भाषण र घोषणा पत्रहरूमार्फत नगरौं।’

देशमा चाहिने सुधारबारे कांग्रेसले योजना बनाएको बताउँदै उनले जेनजीको भावना देशलाई अगाडि बढाउन कांग्रेस तयार रहेको पनि बताए । 

उनले भने–‘देशको शासनमा जेजस्तो सुधार गर्न जरुरी छ, त्यसको केस्राकेस्रा केलाएका छौँ हामीले। जेनजी विद्रोहको भावना बमोजिम त्यो सुधार , परिमार्जन र समग्रमा परिवर्तनलाई हामी सम्भव बनाउने छौं । देश जान्दछ काँग्रेस बदलिएको छ र यो पनि देश जान्दछ, जो बदलिन सक्छ उसैले बदल्न सक्छ।’

कांग्रेस बदलिएको भन्दै उनले कोही पनि आजीवन सत्तामा बसिराख्ने बाटो बन्द गरिएको दावी गरे । उनले भने–‘बदलिएको कांग्रेसले अब देशको आसन, भाषण र शासनमा सुधार गर्नेछ। कुनै पनि व्यक्ति सत्तामा निरन्तर आसन जमाउने परम्परा भत्काएर, हामी १, २,३ र ४ को नीति संविधानमा अंकित गर्नेछौं ।’

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077