Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

बाबुराम भट्टराई नयाँ राष्ट्रपति बन्न सक्ने हर्क साम्पाङको अनुमान

बाबुराम भट्टराई नयाँ राष्ट्रपति बन्न सक्ने हर्क साम्पाङको अनुमान

सोमवार , आषाढ ८, २०८३

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आगामी राष्ट्रपति बन्न सक्ने अनुमान गरेका छन् ।

आइतबार चितवनमा सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन उद्घाटन समारोहमा भट्टराईले सभापति रबि लामिछाने र प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेन्द्र शाहको प्रशंसा गरेपछि सोमबार बिहान साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन्।

उनले आफ्नो स्टाटसमा लेखेका छन्, ‘अब नयाँ राष्ट्रपति बाबुराम भट्टराई बन्न सक्छन्।’ बाबुराम पछिल्लो समय रास्वपाको प्रशंसा गर्दै आएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077