Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

पासपोर्ट छपाईको भ्रष्टाचारमा नेपाल प्रहरीका एसपी समेत मुछिए

पासपोर्ट छपाईको भ्रष्टाचारमा नेपाल प्रहरीका एसपी समेत मुछिए

सोमवार , आषाढ ८, २०८३

काठमाडौं । पासपोर्ट छपाईसम्बन्धि भ्रष्टाचार मुद्दामा नेपाल प्रहरीका एसपी समेत मुछिएका छन् ।

बोलपत्र मूल्याङकन उपसमितिमा बसेर काम गरेका एसपी पुष्करराज भट्टले पनि त्यसमा हस्ताक्षर गरेको खुलेको छ। तर, उनीविरुद्ध मुद्दा भने दायर गरिएको छैन ।

अनुसन्धानमा सघाएको आधारमा उनलाई साक्षी बनाइएको छ। भट्टसहित मुकेश रेग्मी, दिनेश अधिकारी, धुव्र तिवारी, मुनिष आचार्य, मनिष भट्टराई लगायतलाई अनुसन्धानमा सघाएको आधारमा साक्षी बनाइएको हो। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसमा सोमबार राहदानी विभागका तत्कालीन महानिर्देशकसहित १६ व्यक्ति र दुई जर्मन कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077