Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

रास्वपा सांसद पाण्डे भन्छन् - परिवर्तन केवल अनुहारको भयो, संस्कार र प्रवृत्तिको होइन ?

रास्वपा सांसद पाण्डे भन्छन् - परिवर्तन केवल अनुहारको भयो, संस्कार र प्रवृत्तिको होइन ?

सोमवार , आषाढ ८, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा सांसद राजु पाण्डेले परिवर्तन आखिर कसका लागि भन्दै प्रश्न उठाएका छन् ।

सामाजिक सञ्जालमार्फत धारणा सांसद पाण्डे रास्वपाका नेताहरुमाथि प्रश्न उठाएका हुन् । हाल चितवनका रास्वपाको प्रथम महाधिवेशन जारी छ । जहाँ सांसददेखि मन्त्रीसम्म पदका लागि लडिरेहका छन् ।

सोही बेला पाण्डेले आफ्नै नेताहरुको कार्यशैलीमाथि प्रश्न उठाएका हुन् । उनले लेखेका छन्, 'प्रत्यक्ष निर्वाचित सांसद, नभए समानुपातिक सांसद। त्यसपछि मन्त्री, मन्त्री नभए संसदीय समितिको सभापति। त्यसपछि पार्टी पदाधिकारी, अनि सकेसम्म केन्द्रीय सदस्य। प्रश्न यत्ति मात्रै हो—परिवर्तन आखिर कसका लागि ?

पुरानो राज्यसत्ताले दिएको सुविधा, हैसियत र विशेषाधिकारको विरोध गर्दै आएको भनिने राजनीतिक संस्कार आज पनि उस्तै देखिँदा स्वाभाविक रूपमा प्रश्न उठ्छ—संसदीय समितिका सभापतिहरू अझै पीएसओ बोकेर हिँडिरहेका छन् भने, परिवर्तनको नाममा फेरिएको के हो ? कि परिवर्तन केवल अनुहारको भयो, संस्कार र प्रवृत्तिको होइन ?'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077