काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजु पाण्डे फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौं–४ बाट उम्मेदवार बन्ने तयारीमा जुटेका छन् ।
पाण्डे काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँगै पदबाट राजीनामा दिने तयारीमा रहेको स्रोतले जनाएको छ ।
मेयर शाहले उनलाई काठमाडौं–४ मा उम्मेदवार बनाउने रणनीति अघि बढाइरहेका छन् ।
यसैबीच काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह स्वयंले माघ ४ गते पदबाट राजीनामा दिने तयारी गरिरहेको जानकारी पनि बाहिर आएको छ ।