काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्रीमा उम्मेदवारी दिएका राजुनाथ पाण्डे पनि पछि हटेका छन् ।
उनले पार्टी एकता र सुदृढीकरणका लागि उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन् ।
यसअघि महामन्त्री पदबाट कवीन्द्र बुर्लाकोटी र जगदीश खरेलले पनि महामन्त्रीको उम्मेदवारी फिर्ता लिएका थिए ।
त्यसअघि शिशिर खनालले पनि महामन्त्री पदका लागि दिएको उम्मेदवारी फिर्ता लिएका थिए।
अब महामन्त्रीमा मनिष झा, रञ्जु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल, प्रमोद न्यौपाने र विपिनकुमार आचार्यबीच प्रतिस्पर्धा हुने भएको छ ।
रास्वपाको पहिलो महाधिवेशन आइतबारदेखि चितवनको भरतपुरमा जारी छ ।
पहिलो चरणको निर्वाचनको परिणाम सार्वजनिक भएपछि बाँकी पदाधिकारी चयनका लागि दोस्रो चरणको लागि आज मतदान हुँदैछ ।