Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महानगर प्रहरी बलका ७ जना इन्स्पेक्टर डीएसपीमा बढुवा, दर्ज्यानी चिह्न प्रदान

महानगर प्रहरी बलका ७ जना इन्स्पेक्टर डीएसपीमा बढुवा, दर्ज्यानी चिह्न प्रदान

बिहिवार , पौष १७, २०८२

काठमाडौं । काठमाडौं महानगर प्रहरी बलका सात नगर प्रहरी निरीक्षक डिएसपीमा बढुवा भएका छन् ।

काठमाडौं महानगर प्रहरी बलको ४५औँ कार्यपालिका बैठकले बलमा रिक्त सात डिएसपी पदमा वरिष्ठतम नगर प्रहरी निरीक्षकलाई बढुवा गर्न प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिएको थियो ।

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले पुस १४ गते बढुवा गर्ने निर्णय गरेका थिए । त्यस अनुसार वरिष्ठ नगर प्रहरी निरीक्षकहरू लीलाराज गाछा, ध्रुवकुमार भुजेल, किशोरकुमार भट्टराई, प्रकाश पण्डित, चन्दन श्रेष्ठ, राजेन्द्र देवकोटा र एलिजा नेपाल डीएसपीमा बढुवा भएका हुन् ।

डिएसपीमा बढुवा भएका उनीहरूलाई बिहीबार महानगरको काठमाडौं प्लाजास्थित महानगरको कार्यालयमा प्रहरी बलका प्रमुख राजु पाण्डेले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077