Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौं महानगरीय प्रहरी बलको प्रमुखमा विष्णुप्रसाद जोशी

काठमाडौं महानगरीय प्रहरी बलको प्रमुखमा विष्णुप्रसाद जोशी

सोमवार , माघ ५, २०८२

काठमाडौं । काठमाडौं महानगरको महानगरीय प्रहरी बलको कमान्ड एसपी विष्णुप्रसाद जोशीले पाएका छन् ।

आगामी प्रतिनिधिसभा चुनाव लड्ने भन्दै काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) सँगै यसअघिका प्रमुख एसएसपी राजुनाथ पाण्डेले पनि हिजोको मितिबाट लागू हुनेगरी राजीनामा दिएका थिए ।

उनको राजीनामा स्वीकृत भएसँगै वरिष्ठताको आधारमा जोशीले आजबाट औपचारिक रूपमा नगर प्रहरीको कमान्ड सम्हालेका हुन् ।

उनले यसअघि काठमाडौं महानगरको विपद् व्यवस्थापन प्रमुख, मध्यक्षेत्र कमान्ड प्रमुख जस्ता पद सम्हालिसकेका छन् । उनले यसअघि पनितत्कालीन एसएसपी पाण्डेलाई प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले निलम्बन गर्दा पनि निमित्त भएर काम गरेका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077