Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

मोटरसाइकल दुर्घटना हुँदा पैदलयात्रुसहित तीन जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा पैदलयात्रुसहित तीन जनाको मृत्यु

सोमवार , आषाढ ८, २०८३

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–९ छातापिपरामा भएको सडक दुर्घटनामा तीन जनाको ज्यान गएको छ ।

तेज गतिमा आएको मोटरसाइकलले पैदलयात्रुलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जना र एक पैदलयात्रुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेका अनुसार जितपुरबाट वीरगन्जतर्फ जाँदै गरेको बा६८प ७५९१ नम्बरको मोटरसाइकलले छातापिपरा चोकमा सडक पार गर्दै गरेका पैदलयात्रुलाई ठक्कर दिएको थियो।

दुर्घटनामा ज्यान गुमाउनेमध्ये दुई जनाको पहिचान खुलेको छ। मृत्यु हुनेमा जितपुरसिमरा उपमहानगरपालिका–१ पथलैया घर भई हाल काठमाडौं टोखा बसोबास गर्दै आएका २० वर्षीय सभ्य अधिकारी र टोखा नगरपालिकाका २० वर्षीय डिजेन जोशी रहेका छन्। पैदलयात्रीको भने पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

ठक्करपछि गम्भीर घाइते भएका तीनै जनालाई तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। मृतकका शवहरू हाल बयोधा अस्पताल र नारायणी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

घटनापछि स्थानीय क्षेत्रमा केही समय तनावको अवस्था सिर्जना भएको थियो भने प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077