Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा आगलागी, तीन जना विद्यार्थीको जलेर मृत्यु

दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा आगलागी, तीन जना विद्यार्थीको जलेर मृत्यु

मंगलवार , चैत्र २४, २०८२

जनकपुर । महोत्तरीमा मोटरसाइकल दुर्घटनापछि आगलागी हुँदा जलेर तीन जनाको मृत्यु भएको छ।

जलेश्वर–बर्दिबास सडकखण्डको बथनाहा गाउँमा आज मंगलबार भएको यो घटनामा उनीहरूको जलेर घटनास्थलमै मृत्यु भएको हो । 

महोत्तरीको जलेश्वर-बर्दिबास सडक खण्ड अन्तर्गत बखरीदेखि बलवा जाने बाटोमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँएर दुर्घटना भएपछि उक्त घटना घटेको थियो ।

प्रारम्भिक जानकारीअनुसार दुई मोटरसाइकलमा ६ जना सवार थिए । जसमध्ये तीन जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

दुर्घटनामा ज्यान गुमाउनेहरूमा जलेश्वर नगरपालिका–६ का सुभाष दास, सोही स्थानका रवि दास तथा एकडारा गाउँपालिका–३ अजमरपट्टीका अभिषेक मण्डल रहेका छन्। 

घाइते हुनेहरूमा जलेश्वर नगरपालिका–६ धोबौलीका अजय कापर, सोही ठाउँका अभय कापर र  एकडारा ५ बथनाहाका रोहित दास रहेका छन्।

घटनामा घाइते भएका तीन जनाको सदरमुकाम जलेश्वरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

घाइतेमध्ये २ जनाको अवस्था गम्भिर र १ जनाको अवस्था सामान्य रहेको छ । उनीहरू एसइई परीक्षा दिएर फर्किएका विद्यार्थी रहेको बताइएको छ । यतिबेला घटना स्थलमा पुगेर सुरक्षाकर्मीले घटनाबारे अनुसन्धान थालेको छ ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077