Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

कलंकीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, एक जना घाइते

कलंकीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, एक जना घाइते

सोमवार , आषाढ १५, २०८३

काठमाडौं । काठमाडौंको कलंकीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । 

सोमबार बिहान काठमाडौं महानगरपालिका-१४ कंलकी पुल नजिक बा ९० प ५३४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई उक्त दुर्घटना भएको हो।

मृत्यु हुनेमा मोटरसाइकल चालक कैलाली घर भएका २७ वर्षीय प्रकाश साह रहेका छन् ।  काठमाडौं प्रहरी परिसरका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा पुर्‍याइएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । 

यसैगरी मोटरसाइकलको पछाडि सवार कैलाली धनगढी नगरपालिका घर भई नैकाप बस्ने २७ वर्षीया मुस्कान भट्ट घाइते भएकी छन्। उनको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077