धनकुटा । धनकुटामा ७७५ किलो गाँजासहित मिनी ट्रक चालक पक्राउ परेका छन्।
जिल्लाको साँगुरीगढी गाउँपालिका-६ कोलबोटेस्थित कोशी लोक मार्गबाट प्रहरीले गाँजासहित एक जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा पाख्रीबास नगरपालिका-१ सान्ने घर भई सुनसरी इटहरी उपमहानगरपालिका-१ आँपगाछी बस्ने ३३ वर्षीय परीक्षण कुँवर छन्।
धनकुटाबाट धरानतर्फ जाँदै गरेको को १ ख ४६३५ नम्बरको मिनी ट्रकलाई इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको टोलीले जाँच गर्ने क्रममा ट्रकको ढालाभित्र आलुको बोराले छोपेको कालो प्लास्टिकमा २५ वटा पोका गाँजा बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार बरामद गाँजाको तौल ७७५ किलो रहेको छ ।
गाँजा ओसारपसार भइरहेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय भेडेटारबाट टोली खटिएको थियो।
पक्राउ गरी कुँवरमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।