Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

धनुषामा १३७ केजी गाँजासहित दुई जना पक्राउ

धनुषामा १३७ केजी गाँजासहित दुई जना पक्राउ

शुक्रवार , बैशाख १८, २०८३

धनुषा । धनुषामा ठुलो परिणामको लागूऔषध (गाँजा)सहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा स्थानीय २६ वर्षीय गणेश कुमार यादव र २४ वर्षीय जितेन्द्र कुमार यादव रहेका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले धनुषाको मुसहर्निया गाउँपालिका-६ स्थित लक्ष्मिनियाँ क्षेत्रमा शंकास्पद गतिविधि देखिएपछि निगरानी तथा नियन्त्रण अभियान सञ्चालन गरेको थियो।

शुक्रबार बिहान विशेष सूचनाका आधारमा गरिएको कारबाहीका क्रममा  पाँच बोरामा राखिएको १३७ केजी गाँजा बरामद गरिएको थियो ।

साथै, घटनास्थलबाट बीआर ३२ डी ५८८२ नम्बरको मोटरसाइकल र दुई थान मोबाइल फोन पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएर लागूऔषधसम्बन्धी कानुनी प्रक्रिया अघि बढाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077