Jul 13 2026 | २०८३, आषाढ २९ गते

13 Jul 2026 | सोमवार, आषाढ २९ गते २०८३

सोमवार, आषाढ २९ गते २०८३
images
images

मोरङबाट कटुवा पेस्तोल र गाँजासहित एक जना पक्राउ

मोरङबाट कटुवा पेस्तोल र गाँजासहित एक जना पक्राउ

आइतवार , आषाढ २८, २०८३

मोरङ। मोरङको विराटनगर महानगरपालिका-१४ को जतुवाबाट कटुवा पेस्तोल र गाँजासहित एक जना पक्राउ परेका छन् । 

आज बिहान सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्मको टोलीले ३१ वर्षीय सुभासचन्द्र यादवलाई पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्युरोबाट प्राप्त विशेष सूचनाका आधारमा सीमा सुरक्षा गुल्म मुख्यालय रानीबाट खटिएको मोबाइल गस्ती टोलीले आइतबार बिहान करिब ५ः५० बजे जतुवास्थित मुन्ना सहनीको घरमा भाडामा बस्दै आएका ३१ वर्षीय सुभाषचन्द्र यादवको कोठामा खानतलासी गरेको थियो।

खानतलासी गर्दा एक थान कटुवा पेस्तोल, सोही पेस्तोलमा प्रयोग हुने एक राउण्ड गोली र १४० ग्राम गाँजा बरामद भएको थियो । 

प्रहरीले उनको साथबाट दुई थान मोबाइल फोन र भालासमेत बरामद गरेको छ ।

पक्राउ परेका यादवलाई थप कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077