Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

सिराहापछि पर्सामा १०० किलो गाँजा बरामद

सिराहापछि पर्सामा १०० किलो गाँजा बरामद

आइतवार , जेठ ३१, २०८३

वीरगञ्ज । पर्सामा १०० किलो गाँजा बरामद गरेको छ। 

जिल्लाको जगरनाथपुर गाउँपालिका-३ स्थित मुरैयाचोक क्षेत्रबाट आज सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले उक्त परिमाणको गाँजा बरामद गरेको हो।

प्रहरीका अनुसार खेतमा लुकाइराखिएको अवस्थामा पाँच बोरा गाँजा फेला परेको थियो। 

जिल्ला प्रहरी कार्यालय पर्साकाअनुसार उक्त गाँजा कसको हो भन्ने विषयमा हालसम्म खुल्न सकेको छैन। 

घटनासँग सम्बन्धित व्यक्तिको पहिचान तथा खोजी कार्य जारी छ ।

बरामद गरिएको गाँजा नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको छ।

यसअघि आज बिहान मात्रै सिरहाको सुखीपुर नगरपालिका–८ स्थित सुखीपुर बजारबाट २१ किलो गाँजासहित एक जना पक्राउ परेका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077