काठमाडौं । गृहमन्त्री सुधन गुरुङसँगको निकटताका आधारमा बिचौलिया धन्दा चलाएको आरोपमा पक्राउ परेका आदित्य सिंहको प्रहरीकै एआइजीसँगै निकटता देखिएको छ।
आफु गृह मन्त्रालयको अधिकारी हुँ भन्दै उनले काठमाडौंका प्रहरी अधिकारीलाई धम्काएका थिए।
उनको काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआइजी ईश्वर कार्कीसँग निकटता रहेको उनकै फेसबुकबाट प्रष्ट हुन्छ।
एआइजी कार्की कार्यालयबाट निस्कदै गर्दा उनै सिंहसँग कुरा गर्दै हिडेको भिडियो फेसबुकमा छ।
स्रोतका अनुसार सिंहले आफु जेनजी अभियन्ता भएको र गृहमन्त्री निकट भएको भन्दै बिचौलियाको काम गरेका थिए।
कोटेश्वर प्रभागमा सोही पहिचान दिदै पुगेका उनले आफुलाई सहयोग नगरेको भन्दै एक प्रहरीको तत्कालै जागिरबाट हटाउन एसएसपी दिलिप घिमिरे र एसपी पवन भट्टराईलाई दबाब दिएका थिए।
गृह मन्त्रालयमा बुझ्दा उनी गृहमन्त्रीको टिमको व्यक्ति नभएको जवाफ आएपछि प्रहरीले पक्राउ गरेको हो।
अनुसन्धानको क्रममा विगतमा तराईका जिल्लामा पनि उनले यसैगरी दबाब दिएको तथा फाइदा लिएको समेत खुलेको छ ।