Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

करोडौं ठगीका नाइके चालिसे पक्राउ

करोडौं ठगीका नाइके चालिसे पक्राउ

आइतवार , आषाढ १४, २०८३

काठमाडौं । व्यवसायका अनेक प्रलोभनमा पारेर विभिन्न व्यक्तिहरुसँग करोडौं रकम ठगी गरी फरार भएका दिपेश चालिसे अन्ततः पक्राउ परेका छन् । 

१५ करोड भन्दा बढी रकम ठगी गरेर फरार भएका चालिसेलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले पक्राउ गरेको हो । 

चालिसेलाई टंगालस्थित गणेश मन्दिर नजिकै रहेको एक रेष्टुरेन्टबाट पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ । 

जयनारायण घिमिरे समेतको जाहेरीले ठगीसम्बन्धि कसुरमा चालिसेविरुद्ध काठमाडौं जिल्ला अदालतबाट २०८२ फागुन १४ गते पक्राउ पुर्जी जारी भएको थियो । 

चालिसेले पीडित घिमीरेलाई विभिन्न प्रलोभनमा पारी उनको मोरङ जिल्लामा रहेको १० कठ्ठा जग्गा र काठमाडौंको बुढानिलकण्ठस्थित चपलीमा ९ आनामा बनेको साढे २ तले घर १६ करोड ५० लाख रुपैयाँ मुल्य कवोल गरेर लिएका थिए । 

सो को बदलामा घिमीरेलाई अर्को घर र बाँकी पैसा नै दिने भने पनि ५ करोड रुपैयाँमात्र दिएका थिए । बाँकी रहेको ११ करोड ५० लाख रुपैयाँ नदिइ फरार भएका चालिसेले उल्टै पीडितमाथि धम्की देखाउँदै आएको स्रोतको दावी छ । 

११ करोड ५० लाख रुपैयाँ ठगीको कसुरमा उनी पक्राउ परेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रमुख एसएसपी सन्तोष खड्काले पुष्टि गरेका छन् ।

करोडौं ठगीका नाइके चालिसे किन पक्राउ पर्दैनन् ? आईसीएफसी फाइनान्सको पनि मिलेमतो ! करोडौं ठगीका नाइके चालिसे किन पक्राउ पर्दैनन् ? आईसीएफसी फाइनान्सको पनि मिलेमतो !  

चालिसेमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि छानविन गरिरहेको छ । उनले अवैध बाटोबाट रकम विदेश पुर्याएको र उनलाई सघाउने प्रहरी, कर्मचारी, व्यापारी लगायतसँगको ‘कनेक्सन’ समेत विभागको अनुसन्धानका क्रममा खुलेको स्रोत बताउँछ । 

उनी केवल तस्करहरूको सेटिङ मिलाउने विचौलिया मात्र नभई ठगी धन्धामा संलग्न संगठित अपराधीहरूको नाइकेसमेत रहेको आरोप लाग्दै आएको छ । 

चालिसे भेप तस्करीमा समेत मुछिदै आएका छन् । भेपलाई खेलौनाको दरमा भन्सार गराउने र त्यसपछि नेपालमात्र होइन, तस्करीको माध्यमबाट भारतलगायत तेस्रो मुलुकसम्म पु¥याउने काममा समेत चालिसे सक्रिय रहेको बताइन्छ । 

नेपालमा विभिन्न बैंक तथा वित्तीय संस्थासँग सेटिङ मिलाएर ऋण निकाल्ने र त्यसको ठूलो हिस्सा हुण्डीमार्फत अमेरिका पुर्याउने गरेको जानकारी उनी निकट व्यक्तिहरूले नै दिएका छन् । 

उनले आईसिएफसी फाइनान्स लिमिटेडबाट आफ्नो प्रमुख कारोवार गर्दै आएका छन् । यसमा आईसिएफसीका उच्च तहका कर्मचारीले चालिसेलाई सघाउँदै आएको स्रोत बताउँछ । 

यता, चालिसेका भाइ दिनेश चालिसे पनि लागुऔषध कोकिनसहति पक्राउ परेका थिए । चालिसेले आफ्नो पहुँच र आर्थिक चलखेल गरेर दिनेशलाई धरौटीमा छुटाएका थिए । 

कोकिनजस्तो गम्भिर लागूऔषध मुद्दामा दिनेशसँगै पक्राउ परेका अन्य व्यक्तिहरु भने कारागार चलान भएका थिए । यस्तो गम्भिर मुद्दामा चालिसेले सेटिङ मिलाउन सफल भएको भन्दै पक्राउ गर्ने प्रहरीसमेत अचम्मित भएका थिए । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077