चितवन । भरतपुर महानगरपालिका–१५ स्थित अतिथि पार्टी प्यालेस नजिक ट्रक र स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु भएको छ।
भरतपुरबाट रामपुरतर्फ जाँदै गरेको ना ५ ख ५८१६ नम्बरको ट्रकमा सोही दिशातर्फ गइरहेको बा.प्र. ०६००४ प ७२४८ नम्बरको स्कुटर पछाडिबाट ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा भरतपुर महानगरपालिका–२६ दिव्यनगरका २२ वर्षीय अशोक भण्डारी र लमजुङ घर भई हाल भरतपुर–२० बस्ने १९ वर्षीय राजिब गुरुङ गम्भीर घाइते भएका थिए।
उपचारका क्रममा उनीहरूको बिहान २:४० बजे मृत्यु भएको हो । प्रहरीका अनुसार ट्रक चालक मकवानपुर राक्सिराङ गाउँपालिका–३ का २७ वर्षीय बाबुलाल थोकरलाई नियन्त्रणमा लिइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।