Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

तीन दिनमै पाँच प्रदेशमा फैलियो मनसुन, कुन-कुन ?

तीन दिनमै पाँच प्रदेशमा फैलियो मनसुन, कुन-कुन ?

सोमवार , आषाढ ८, २०८३

काठमाडौं । नेपालमा यस वर्षको मनसुन प्रणाली क्रमिक रूपमा देशका अन्य भूभागमा फैलिरहेको छ। 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जारी गरेको ‘मनसुन आगमन बुलेटिन–२’ अनुसार मनसुनी प्रणाली आज सोमबार थप अगाडि बढेको हो।

महाशाखाका अनुसार हाल यो प्रणाली कोशी प्रदेशको सम्पूर्ण भूभाग, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकीका केही भूभाग र लुम्बिनीका पूर्वी भूभागको थोरै स्थानमा प्रवेश गरिसकेको छ।

'आज मनसुन कोसी, मधेस र बागमती प्रदेशको प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागका थोरै ठाउँमा प्रवेश गरेको छ,' बुलेटिनमा भनिएको छ ।
 
यस वर्ष नेपालमा मनसुन औसत मितिभन्दा ६ दिन ढिलो गरी गत ५ असारमा कोशीमा भित्रिएको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077