Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

शिक्षामन्त्री पोखरेलले रास्वपा केन्द्रीय सदस्यमा गरे उम्मेदवारी घोषणा

शिक्षामन्त्री पोखरेलले रास्वपा केन्द्रीय सदस्यमा गरे उम्मेदवारी घोषणा

सोमवार , आषाढ ८, २०८३

काठमाडौं ।शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्। 

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत पोखरेलले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।

पोखरेलले फेसबुकमार्फत महाधिवेशन प्रतिनिधिसमक्ष मत माग्दै लेखेका छन्- 'पार्टीको सिद्धान्त, मूल्य र अभियानलाई थप शक्त बनाउन इमानदारीपूर्वक योगदान गर्ने प्रतिबद्धतासहित विश्वास र समर्थनको अपेक्षा गर्दछु ।'

केन्द्रीय सदस्य भएर आफूले पार्टीको सिद्धान्त, मूल्य र अभियानलाई थप सशक्त बनाउन भूमिका खेल्न चाहेको पोखरेलले बताए ।

चितवनमा जारी रास्वपाको पहिलो महाधिवेशनले नयाँ कार्यसमिति चयनसमेत गर्दैछ। 

पहिलो महाधिवेशन अन्तर्गत बन्दसत्रबाट प्रतिवेदनहरू पास भएपछि निर्वाचन प्रक्रिया सुरु हुनेछ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077