Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

रास्वपाका प्रवक्ता मनिष झाले भने– महामन्त्रीमा उमेदवारी दिन्छु

रास्वपाका प्रवक्ता मनिष झाले भने– महामन्त्रीमा उमेदवारी दिन्छु

सोमवार , आषाढ ८, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाले पदाधिकारीमा आफ्नो दाबी स्वाभाविक भएको बताएका छन्।

सोमबार महाधिवेशन स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफूले पदाधिकारीमा अपेक्षा राख्नु स्वाभाविक भएको बताएका हुन् ।

सोही क्रममा झाले आफू महामन्त्रीमा प्रतिस्पर्धा गर्न लागेको बताए । 

उनले सञ्चारकर्मीहरूसँग भने- 'परिणाम जेसुकै आओस्, म महामन्त्रीमा भिड्न तयार छु । आजकै व्यवस्थापन हेर्दा पनि अनुभवी व्यक्ति नेतृत्वमा चाहिन्छ भन्ने देखिएको छ ।' 

आफूले अहिलेसम्म पार्टीमा लिएको जिम्मेवारीले महामन्त्री पदलाई न्याय गर्छु भन्ने लागेको उनको भनाई थियो ।

आइतबारबाट सुरु भएको रास्वपाको महाधिवेशनमा बन्दसत्र सुरु हुँदै छ । भोलिबाट निर्वाचन प्रक्रिया सुरु हुने कार्यतालिका छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077