Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

गर्मी बढेपछि धनगढीको विद्यालयमा चार दिन बिदा

गर्मी बढेपछि धनगढीको विद्यालयमा चार दिन बिदा

सोमवार , आषाढ ८, २०८३

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले अत्यधिक गर्मीका कारण पालिकाभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयमा चार दिन बिदा दिने निर्णय गरेको छ।

उपमहानगरपालिकाका अनुसार असार ९ गतेदेखि १२ गतेसम्म पठनपाठन स्थगित रहनेछ। बढ्दो गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै बर्खे तथा हिउँदे बिदाबाट मिलान हुने गरी बिदा दिइएको शिक्षा अधिकृत जयराज जैशीले जानकारी दिएका छन्।

उच्च तापक्रमका कारण विद्यार्थीलाई विद्यालय आउजाउ र कक्षाकोठामा अध्ययन गर्न कठिनाइ हुन थालेपछि यो निर्णय गरिएको जनाइएको छ। बिदापछि विद्यालयको नियमित पठनपाठन पूर्वनिर्धारित तालिकाअनुसार सञ्चालन हुनेछ।

यसैबीच, धनगढी उपमहानगरपालिकाले अत्यधिक गर्मी र तातो हावाबाट जोगिन आवश्यक सावधानी अपनाउन अभिभावक, विद्यार्थी तथा सर्वसाधारणलाई आग्रह गरेको छ। घरबाहिर निस्कँदा आवश्यक सतर्कता अपनाउन, प्रशस्त पानी पिउन र अत्यधिक घाममा लामो समय नबस्न पनि अनुरोध गरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077