Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

रास्वपा महामन्त्रीमा मनिष झाले गरे उम्मेदवारी घोषणा, महाधिवेशन एक दिन लम्बिने

रास्वपा महामन्त्रीमा मनिष झाले गरे उम्मेदवारी घोषणा, महाधिवेशन एक दिन लम्बिने

सोमवार , आषाढ ८, २०८३

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् । उनले पत्रकार ब्रिफिङमा आफूले सुझबुझपूर्ण रूपमा उम्मेदवारी घोषणा गरेको बताएका हुन् ।

उनले सही मान्छे सही पदमा हुनुपर्ने भन्दै महामन्त्रीमा उम्मेदवारी घोषणा गरेको बताएका छन् । 

चितवनमा जारी प्रथम महाधिवेशन भने एक दिन लम्बिने भएको छ।

आइतबार सुरु भएको महाधिवेशन मंगलबारसम्म सकिने मिति तय भएको थियो। तर, बन्दसत्रमा ढिलाइ हुँदा लम्बिने भएको हो। प्रवक्ता मनिष झाले महाधिवेशन एक दिन लम्बिएको जानकारी दिएका हुन्। 

यससँगै महाधिवेशन प्रतिनिधिको संख्या पनि बढ्दै गएको छ। प्रतिनिधिको संख्या चार हजार पाँच सय पुग्ने अनुमान गरिएको उनको प्रवक्ता झाको भनाइ छ। 

उनले भने–‘सुरुमा तीन हजार प्रतिनिधि हुनुहोला भन्ने थियो, तर धेरै प्रतिनिधि आउनुभयो। आकलनभन्दा उत्साहजन सहभागिता नकार्न सकिन्न ।’

महाधिवेशन व्यवस्थापनमा पनि समस्या देखिएको छ। व्यवस्थापन भद्रगोल हुँदा प्रतिनिधिको संख्या बढ्नेदेखि महाधिवेशन लम्बिने भएको हो। 

प्रवक्ता झाले कमजोरी भएको स्वीकार गरेका छन् । उनले भने–‘हाम्रो व्यवस्थापनमा केही कमजोरी भयो । यसले महाधिवेशन लम्बिने भएको छ।’

सोमबार बिहान साढे ८ बजे सुरु हुने भनिएको बन्दसत्र अझै चलेको छैन। बन्दसत्र नै कतिबेला सुरु हुने अनिश्चित छ। 

बन्दसत्रस्थल चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ अहिलेसम्म आएका छैनन्। प्रतिनिधिहरू मत मागिरहेका छन्। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077