Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

जनताको प्रश्नको अस्तित्व नभए जनता संसद् आफैँ छिर्छन्: मनिष झा

जनताको प्रश्नको अस्तित्व नभए जनता संसद् आफैँ छिर्छन्: मनिष झा

सोमवार , चैत्र २३, २०८२

काठमाडौं । प्रतिनिधिसभा सदस्य मनिष झाले संसद जनताको आवाज उठाउने ठाउँ भएको बताएका छन् ।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्तासमेत रहेका झाले संसदमा जनताको प्रश्नको अस्तित्व नभए जनता आफैँ संसद छिर्ने बताएका हुन् ।

भदौ २३ र २४ को जेनजी आन्दोलन त्यसअघिको सत्ताको दम्भका कारण हुन पुगेको उनको दाबी छ ।

झाले भने- 'सदनमा जनताको प्रश्नको अस्तित्व नभए त्यहाँ जनता आफैँ छिर्छन् ।  त्यो सहकर्मी साथीहरूले सम्झिरहनुहोला । सत्ताले सदनमा दम्भ देखाउँदा के हुन्छ, त्यो भदौ २३ र २४ देखिइसक्यो ।'

भदौ २३ र २४ को जेनजी आन्दोलन त्यसअघिको सत्ताको दम्भका कारण हुन पुगेको समेत उनको दाबी छ ।

झाले यसअघि सदन बालुवाटार, बूढानीकलकन्ठ, बालकोट र खुमलटारको बन्न खोज्दा भदौ २३ र २४ को घटना घटेको झाले बताए ।  

उनले भने- 'यसअघि अगाडि संसद धेरैचोटी खुमलटार, बालुवाटार, बुढानिलकण्ठ र बालकोटको बन्दी भएर बस्यो । संख्या जहिल्यै गनियो र शिद्धान्त जहिल्यै कमजोर रह्यो । अब सदन शिद्धान्तको हुन्छ भनेर हामीले प्रस्तुत गर्ने पालो आएको छ ।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077