Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

विष्णु पौडेल पक्राउपछि एमालेले डाक्यो सचिवालय र संसदीय दलको बैठक

विष्णु पौडेल पक्राउपछि एमालेले डाक्यो सचिवालय र संसदीय दलको बैठक

मंगलवार , आषाढ ९, २०८३

काठमाडौं । नेकपा एमालेले संसदीय दल र केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।

सम्पत्ति शुद्धीकरण मामिलामा उपाध्यक्ष विष्णु पौडेल पक्राउपछि एमालेले संसदीय दल र सचिवालय बैठक बोलाएको हो। 

दिउँसो २ बजे पार्टी कार्यालय च्यासलमा संसदीय दलको बैठक बस्नेछ । त्यस्तै साँझ ६ बजे ओली निवास गुण्डुमा सचिवालय बैठक बस्नेछ ।

बैठकमा सममसामयिक राजनीतिक विषयसँगै उपाध्यक्ष पौडेलको पक्राउपछि उत्पन्न परिस्थितिबारे छलफल हुने बताइएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रपछि सोमबार सुर्खेतबाट पक्राउ परेका  पौडेललाई राति नेपालगन्जस्थित जिल्ला प्रहरी कार्यालय बाँकेमा राख्ने भनिएको थियो । तर, राति बाटोमै ‘सामान्य विश्राम’पछि उनलाई काठमाडौंतर्फ हिँडाइएको छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077