Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

नयाँ पार्टी खोल्दै अशोक राई, दर्ताका निर्वाचन आयोगमा दिए निवेदन

नयाँ पार्टी खोल्दै अशोक राई, दर्ताका निर्वाचन आयोगमा दिए निवेदन

मंगलवार , आषाढ ९, २०८३

काठमाडौं । अशोक कुमार राई नेतृत्वको समूहले निर्वाचन आयोगमा नयाँ राजनीतिक दल दर्ताका लागि निवेदन दिएको छ। सोमबार आयोगमा ‘समाजवादी पार्टी’ नामक दल दर्ता गर्न औपचारिक प्रक्रिया अघि बढाइएको हो।

प्रस्तावित संरचनाअनुसार पार्टीको उपाध्यक्षमा सुशीला श्रेष्ठ, राधादेवी तिमिल्सिना र दानबहादुर विश्वकर्मा रहेका छन्। त्यसैगरी शरणकुमार राई उपमहासचिव तथा हेमन्तराज मान्डव्य, मनिकर कार्की र भीमबहादुर तामाङ सचिव पदमा रहने गरी पदाधिकारी सूची बुझाइएको छ।

राई नेतृत्वको समूहले ८ जना पदाधिकारीसहित २८ सदस्यीय केन्द्रीय समिति गठन गरी दल दर्ताका लागि निवेदन दिएको हो।

यसअघि अशोक राई समूहले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालबाट अलग भई छुट्टै दल गठन गरेको थियो।

तर सो पार्टी विभाजनविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतले कानुनी मान्यता नदिएपछि राई समूहको राजनीतिक हैसियतमा अस्थिरता आएको थियो।

त्यसपछि पुनः कानुनी प्रक्रिया अनुसार नयाँ दल दर्ता गर्न उनीहरू निर्वाचन आयोग पुगेका हुन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077