Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

सम्पत्ति छानबिनबारे सदन र पार्टीमा मैले नै आवाज उठाएको हुँ : जनार्दन शर्मा

सम्पत्ति छानबिनबारे सदन र पार्टीमा मैले नै आवाज उठाएको हुँ : जनार्दन शर्मा

मंगलवार , आषाढ ९, २०८३

काठमाडौं । पूर्वमन्त्री जनार्दन शर्माले सम्पत्ति छानबिनको माग आफूले नै उठाएको दाबी गर्दै त्यस विषयमा अहिले पनि आफ्नो अडान कायम रहेको स्पष्ट पारेका छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै शर्माले सम्पत्ति छानबिन गर्नुपर्ने विषय आफूले सदन र पार्टी दुवैमा उठाएको स्मरण गराएका हुन् ।

उनले अहिले सरोकार नै नभएका विषयलाई जोडेर मिडिया ट्रायलमार्फत भ्रम सिर्जना गर्ने प्रयास भइरहेको भन्दै आपत्ति जनाएका छन्।

शर्माले भनेका छन्, “सम्पत्ति छानबिन गर्नुपर्छ भनेर मैले सदन र पार्टीमा पनि विषय उठाएको हुँ। त्यसमा म अहिले पनि अडिग छु। तर सरोकार नै नभएको विषय बनाई भ्रम सिर्जना गर्ने उद्देश्य राखेर गरिने मिडिया ट्रायलप्रति दुःख व्यक्त गर्दछु।”

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077