Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मैले बनाएको सडकबाट प्रचण्ड रुकुमपूर्व आए, विकास नै मेरो जितको आधार हो : जनार्दन शर्मा

मैले बनाएको सडकबाट प्रचण्ड रुकुमपूर्व आए, विकास नै मेरो जितको आधार हो : जनार्दन शर्मा

मंगलवार , माघ ६, २०८२

काठमाडौं । प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) बाट अलग भई प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेका जनार्दन शर्मा ‘प्रभाकर’ले जिल्लाको विकासमा आफूले गरेको योगदान नै आगामी निर्वाचनमा जितको मुख्य आधार हुने बताएका छन् ।

मंगलबार रुकुमपश्चिमबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराएका शर्माले आफ्नो निर्वाचन क्षेत्रमा प्रभाव पार्ने उद्देश्यले प्रचण्ड रुकुमपूर्व आएको टिप्पणी गरे।

उनले रुकुमपूर्वमा आफूले गरेको विकासमा जस लिन प्रचण्ड पुगेको आरोप लगाउँदै भने,'मैले हेलिकप्टरबाट डोजर झारेर बनाएको सडकबाट प्रचण्ड रुकुमपूर्व आए।'

शर्माले आफूले रुकुम क्षेत्रमा सडक, पहुँच र पूर्वाधार विकासमा ऐतिहासिक काम गरेको दाबी गर्दै मतदाताले यसपटक ‘कामको मूल्यांकन’ गरेर मतदान गर्ने विश्वास व्यक्त गरे।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077