Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

जनार्दन नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानको ३१ सदस्यीय संयोजन समिति गठन

जनार्दन नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानको ३१ सदस्यीय संयोजन समिति गठन

बिहिवार , कार्तिक २७, २०८२

काठमाडौं । जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानले केन्द्रीय संयोजन समिति गठन गरेको छ।

पूर्वमाओवादीका केन्द्रीय सदस्य, विद्यार्थी नेतादेखि पूर्वजनमुक्ति सेना, वाईसीएल, पत्रकार लगायतलाई समेटेर ३१ सदस्यीय संयोजन समिति बनाइएको हो ।

उक्त समितिमा ३१ जना सदस्य रहेको नेता सुदन किराँतीले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिए।

अभियानले भ्रष्टाचार विभेद र असमानताका मुख्य शत्रुमाथि विजय प्राप्त गर्ने, सांस्कृतिक समानतामा आधारित समाज निर्माण गर्ने, नेपाली राजनीतिको आधारभूत पुनर्संरचना गर्ने, सबै अग्रगामी आन्दोलनका सहिद घाइते, बेपत्ता योद्धाहरूको सपना पूरा गर्ने सङ्कल्प सार्वजनिक गरेको छ।

जुनसुकै मूल्यमा निर्वाचनलाई सफल गर्नुपर्ने, देशभित्र र बाहिर रहेका नेपालीहरूले सबै तहका प्रगतिशील राष्ट्रिय अभियान सम्पर्क समिति गठन गर्ने, जेनजी विद्रोहबाट स्थापित मुद्दाहरूलाई यथाशीघ्र पुरा गर्न गराउन चौतर्फी सक्रिय बन्दै सुदृढ राष्ट्र सभ्य नागरिक बदलिँदो राष्ट्रिय शक्ति निर्माण गर्ने एजेन्डा सहित राजनीतिक पुनर्संरचना पुरा गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबिच कात्तिक १९ गते एकता हुने भएपछि त्यसको एकदिन अगाडिनै नेता जनार्दन शर्मा, राम कार्की लगायत नेताहरूले अभियान घोषणा गरेका थिए ।

हिजो मात्रै माओवादीका पूर्व केन्द्रीय सदस्यहरू लक्ष्मण पन्त, ओम शर्मा लगायत १० जनाले विज्ञप्ति जारी गरी प्रगतिशील राष्ट्रिय अभियानमा जोडिएको घोषणा गरेका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077