Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

चट्याङले लागेर झापामा युवकको मृत्यु

चट्याङले लागेर झापामा युवकको मृत्यु

मंगलवार , आषाढ ९, २०८३

झापा । झापाको गौरीगन्जमा आज बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार चट्याङले लागेर गौरीगन्ज-३ सयपत्री टोल निवासी ३० वर्षीय बलबहादुर श्रेष्ठको मृत्यु भएको हो। 

भोजपुरको आमचोक-९ घर भई उनी स्थानीय चन्द्रमाया श्रेष्ठको घरमा डेरा गरी बस्थे। 

आज बिहान आली खन्ने क्रममा उनलाई चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी रञ्जन अवाले जानकारी दिए।

चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077