Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चट्याङ लागेर गोरखामा एक जनाको मृत्यु

चट्याङ लागेर गोरखामा एक जनाको मृत्यु

बुधवार , फाल्गुण १३, २०८२

गोरखा । चट्याङ लागेर गोरखा बुंकोटमा एक बालिकाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

मंगलबार दिउँसो ४ बजेतिर परेको चट्याङ लागेर सहिद लखन गाउँपालिका–८, बुंकोटकी १२ वर्षीया दिलिशा घर्तीमगरको मृत्यु भएको आरुघाट आधारभूत अस्पतालले जनाएको छ ।

साथै चट्याङ लागेर घाइते भएका सोही ठाउँ निवासी १३ वर्षीया दीक्षा घर्तीमगर र भीमसेन थापा गाउँपालिका–६ का २४ वर्षीय वीरेन्द्र थापामगर घाइते भएका छन् ।

उनीहरूको अवस्था भने सामान्य रहेको अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ । 

उनीहरू तीनै जनालाई त्रिपुरासुन्दरी गाउँपालिका–३ मूलपानी खुर्सानीटार धादिङमा चट्याङले लागेको थियो । घाइते भएका तीनैजनालाई अस्पताल पुर्‍याउँदा दिलिशाको मृत्यु भइसकेको अस्पतालले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077