Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

झापामा चट्याङ लागेर ३५ वर्षीया महिलाको मृत्यु

झापामा चट्याङ लागेर ३५ वर्षीया महिलाको मृत्यु

बुधवार , आश्विन १५, २०८२

झापा । चट्याङ लागेर बुधबार एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार बिर्तामोड नगरपालिका–३ निवासी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको मृत्यु भएको हो।

बुधबार बिहान ११ः०० बजे वर्षासँगै परेको चट्याङ लाग्दा ऋषिदेव घाइते भएकी थिइन्। मुसहर बस्ती निवासी उनी खेतमा बाख्रा लिन गए बेला चट्याङ लागेको प्रहरीले जनाएको छ।

घाइते दिलकुमारीलाई उपचारका लागि बिर्तासिटी अस्पताल लैजाँदा उनको बाटोमा नै मृत्यु भएको हो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077