Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चट्याङ लागेर दुई किशोरको मृत्यु

चट्याङ लागेर दुई किशोरको मृत्यु

शनिवार , आश्विन १८, २०८२

रौतहट । रौतहटमा शनिबार चट्याङ लागेर दुई जना किशोरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कटहरिया नगरपालिका-२, थियाही गाउँका १६ वर्षीय सेराज लहेरी र १७ वर्षीय नवीन यादव रहेका छन् । अविरल वर्षाका बीच सडकमा हिँडिरहेका बेला चट्याङको चपेटामा पर्दा उनीहरूको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार शनिबार बिहानैदेखि परेको अविरल वर्षाको समयमा सडकमा हिँडिरहेको अवस्थामा उनीहरूलाई चट्याङ लागेको थियो ।

चट्याङ लागेर गम्भीर घाइते भएका दुवैको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतक दुवै जनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077