Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

शुक्रवार , श्रावण ८, २०८३

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले शुक्रबार देशका प्रमुख निर्यातजन्य उद्योग–व्यवसायसँग आबद्ध प्रतिनिधिहरूसँग छलफल गर्ने भएका छन् । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा  बिहान ११ः३० बजे प्रतिनिधिहरूसँग छलफल गर्ने कार्यक्रम तय गरिएको छ । 

छलफलमा नेपाल प्लाइउड उत्पादक संघका अध्यक्ष होमप्रसाद घिमिरे, नेपाल कार्पेट उत्पादक तथा निर्यातकर्ता संघका अध्यक्ष बलराम गुरुङ, नेपाल पश्मिना उद्योग संघका अध्यक्ष धनप्रसाद लामिछाने, कार्पेट तथा प्लाइउड निर्यातकर्ता देवानन्द सरावगी तथा नेपाल डग च्यु उत्पादक संघका अध्यक्ष रेशमबहादुर पोखरेल सहभागी हुनेछन् ।

प्रधानमन्त्री शाहले निर्यात प्रवर्द्धनका चुनौती, नीतिगत सुधार तथा समाधानका उपायबारे उनीहरूसँग छलफल गर्ने जनाइएको छ ।

केही समयदेखि प्रधानमन्त्रीले देशको अर्थतन्त्र प्रवर्द्धनका खातिर निजी क्षेत्रका उद्योगी–व्यवसायी तथा सरोकार भएका निकायसँग निरन्तर संवाद गर्दै आएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077